नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (नेअन) द्वारा जनमत पार्टी लाई कारवाही को मांग गर्दै विरोध प्रदर्शन ।

कार्तिक ४ गते विहिवार का दिन संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यलय जनकपुर का निमित प्रमुख ई. राजेश कुशवाहा माथि भएको अमानविय व्यवहार को विरुद्धमा नेशनल ईन्जनियर्स नेपाल (नेअन) ले जिल्ला प्रशासन कार्यालय महोत्तरी मा विरोध प्रदर्शन गरेका छन । दोषी माथि कठोर कारवाही को माँग गर्दै महोत्तरी का प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन ।

नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (नेअन) का प्रदेश इन्चार्ज ई.गौरी पण्डित तथा महोत्तरी जिल्ला अध्यक्ष अमित कुमार पाण्डेय को नेतृत्व मा भएको विरोध प्रदर्शनमा पटक-पटक इनजिनीयर्स माथि दुर्व्यवहारका घटनाहरु आईरहने र नेपाल सरकार तथा सम्बन्धित निकायबाट दोषीलाई कठोर कारबाही नभएकोले पुनः यस्ता घटना हुन गएको छ । पछि पनि यस्ता घटना हुन सक्ने भएकोले जनमत पार्टी जस्ता आपराधिक समुहलाई कानुन को कठघरामा ल्याउन अनुरोध गर्दै दोषी माथि उचित कारवाही को मांग गर्दै ज आफूहरु ले ज्ञापन पत्र बुझाएको नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (नेअन) प्रदेश इन्चार्ज गौरी पण्डितले बताए ।

धेरै बर्षाको कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै कार्तिक ४ गते विहिवार का दिन सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले संघिय खानेपानि तथा ढल ब्यवस्थापन आयोजना जनकपुरधामका निमित्त प्रमुखलाई कालो मोसो दलि, लगाएका लुगाहरु च्यातदै हातपात गर्दै नगर घुमाएका थिए ।

नेशनल ईन्जनियर्स एसोसिएशन नेपाल (नेअन) ले दोषी माथि कारवाही नभएपछि आफूहरु विभिन्न किसिमले विरोध प्रदर्शन गर्ने भनेका छन भने यता सि के राउत का कार्यकर्ताहरु द्वारा आन्दोलन को कार्यक्रम सार्वजनिक गरी चरणबद्ध तरिकाले रैली जुलुश निकालन सुरुवात गरिसकेका छन ।