महोत्तरी । लोहारपट्टी नगरपालिका २ मधेपुरा का युवाहरु द्वारा मधेपुरा प्रिमियर लिग (एम पि एल) क्रिकेट प्रतियोगिता को आयोजना गारिएको छ । लोहारपट्टी नगरपालिका को आर्थिक सहयोग तथा स्थानिय युवाहरुको पहलमा लिग स्तरिय टी-२० क्रिकेट प्रतियोगिता को उद्धघाटन नेपाली कांग्रेस कि केन्द्रिय सदस्य किरण यादव को प्रमुख आतिथ्य बाट शुभारंम्भ भएको छ।
लोहारपट्टी नगरपालिका मधेपुरा को विगहि क्रिकेट ग्राउण्डमा हुने यस लिग स्तरिय खेलमा अहिले समम् ६ ओटा टीम सहभागी भई सकेका छन। पालिका भित्र का युवाहरु लाई खेल प्रति आकर्षित गरी प्रोत्साहित गर्न र मनोरञ्जन को साथ-साथ युवाहरुको स्वास्थयको दृष्टिकोण ले पनि फायदा जनक रहेकोले । आफुहरु यस आयोजना को पहल गरेको एम पि एल का आयोजक दिपेन्द्र साह ले बताएका छन ।
युवाहरुमा खेल प्रतिको उत्सुकता हुनु र नगरपालिका ले यस्ता आयोजनाहरुमा सहयोग गरेको मा आफु निकै खुशी महसुस गरिरहेको र देश को भविष्य युवाहरुको हाथ मा छ पालिका स्तर बाटै खेल सहित यस्ता विभिन्न आयोजनाहरु भयो भने यसको प्रतिफल ले अवश्य एउटा मज़बूत पुस्ता को निर्माण हुन्छ प्रमुख अतिथि किरण यादव ले बताएकी छिन ।
कोरोना महमारिको कारण यस्ता आयोजनाहरु हुन सकेको थिएन । युवाहरुको यस पहलबाट शिक्षा को साथ-साथ अब युवाहरु खेल प्रतियोगितामा पनि आफ्नो अतुलनीय भुमिका निर्वाह गर्ने छन पालिका र जिल्ला को लागी यो गर्व को विषय छ ने.बि. संघ महोत्तरी का नेता राम मिलन यादव ले आफ्नो विचार व्यक्त गरेका छन ।
यस प्रतियोगिता को शुभारंम्भ भईसकेको र पालिका स्तरमा रहेकोले यसले खेल प्रति रुचि भएका युवाहरु मा राम्रै संदेश दिन्छ । यस आयोजना को फाईनल खेल मा आफूहरुले उचित पुरस्कार बाट टीम लाई सम्मानित गर्ने सोच बनाएको यस प्रतियोगिता का सह-आयोजक जितेन्द्र दास ले जानकारी दिएका छन ।।
प्रमुख अतिथ लगायत महेन्द्र मिश्र , पुर्व मानीन्य महेन्द्र मधुकर ,प्रदेश मानीन्य मन्जु यादव एवं नेपाली काङ्ग्रेस नेता कार्यक्रताहरुको उपस्तिथीमा लोहारपट्टी नगरपालिका का नगर प्रमुख शैलेन्द्र कुमार यादव को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।