कोरोना अपडेट: थपिए ६७२ संक्रमित, ८ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा  ९ हजार ४९५ नमुना परीक्षण गर्दा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार १६७ पीसीआर परीक्षण गर्दा ५८२ जनामा र २ हजार ३२८एन्टीजेन परीक्षण गर्दा ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ४९५ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ जना रहेको छ । जसमध्ये ९ हजार ५५० जना होम आइसोलेसनमा र ८२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५४ जना आइसियूमा र ८६ जना भेन्टिलेटरमा उपचारत छन् । यसैगरी २१६ जना संस्थागत क्वारेन्टिनमा छन् ।

हालसम्म नेपालमा ९ लाख ५ हजार १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ७ लाख ९९ हजार १२५ जना कोभिड–१९ संक्रमणमुक्त भइसकेका छन् । नेपालमा महामारी सुरु भएयता ११ हजार ३८० जनाको संक्रमणको कारणले निधन भएको छ । ६७ लाख ७० हजार १५४ जनालाई कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाइएको छ । भने जनालाई भाइरसविरुद्धको दोस्रो डोज लगाइएको छ ।

विश्वमा २४ करोड ३८ लाख ५७ हजार २८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । महामारीमा भाइरस संक्रमणको कारण विश्वभर ४९ लाख ५३ हजार २४६ जनाको निधन भएको छ ।