नेपाली र भारतिय जाली नोट छापने उपकरण सहित एक जना पक्राउ

महोत्तरी को गौशाला बजार बाट नेपाली र भारतिय जाली नोट तथा नोट छापन प्रयोग हुने उपकरण सहित प्रहरी ले एक जनालाई पक्राउ गरेको छ ।

गौशाला नगरपालिका वडा न.५ गौशाला बजार स्तिथ एक घर मा कोठा लिई बस्दै आएका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले उनको कोठा बाट नेपाली तथा भारतिय कटिंग गरिएको र नगरिएको नक्कली नोटहरु तथा सक्कली नेपाली तथा भारतिय नोटहरु सहित नोट छापन प्रयोग गर्ने विभिन्न उपकरणहरु सहित पक्राउ गरी विहिवार पत्रकार सम्मेलन गरी आरोपी लाई सार्वजनिक गरेको छ ।

प्रहरीले उनि बाट जाली नोट बनाउन का लागी प्रयोग गरिने रवर स्टाम्प १ थान,प्रिंटर १थान कैची १ थान ,काठको ट्रेस फ्रेम २ थान कम्प्यूटर पेपर ३ रिम तथा ललिगुरास छाप भएको ३ थान फलामको ढयाक र महात्मागाँधी भएको १ थान फलामको ढयाक सहित सिमकार्ड र मोबाईल १-१ थान का साथै विभिन्न दरको तयारी तथा कटींग नगरेको नक्कली ८ लाख ८२ हजार ४ सय २० नेपाली तथा २ लाख ७७ हजार ९ सय ७० भारतिय जाली नोट सहित विभिन्न दर को ५ हजार ७० नेपाली सक्कली नोट सहित २६ भारतिय सक्कली नोट बरामद गरेको हो ।
यता प्रहरी ले यसमा थप मानिस को संलग्नता रहे न रहेको बारे थप अनुसन्धान भै रहेको जानकारी दिएका छन ।