काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका छन्। बाइडेनले आफ्नो ट्वी’टरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिर सहित दिवालीको शुभकामना दिएका हुन्। तस्बिरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै छिन्। बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गरेका थिए । आफ्नो सन्देशमा उनी लेख्छन्, ‘दिवालीकाे प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दु:खपछि आशा पलाउनेछ।’ उनले आफ्नो सन्देशमा अमेरिका मात्र होइन, दिवालीको उत्सव मनाइरहेका संसार भरका सबै हिन्दु, शिख, जैन र बौद्धहरूलाई शुभकामना दिएका छन्। तिहारको तेस्रो दिन हिन्दू ध’र्मावलम्बीले लक्ष्मीको पूजा आराधना गर्दै दीपावली मनाइ रहेका छन् । घरघरमा रङ्गी चङ्गी बत्ति बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा चलिरहेकाले सहर झकि झकाउ देखिएको हो । विगत दुई वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाएकाले पनि लक्ष्मी पूजाको दिन झिलिमिली दृश्य देखिने गरेको छ ।
ताजा खबर
रवि लामिछानेलाई अभिव्यक्ति सच्याउन मिडिया सोसाइटीको आग्रह
२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यम सञ्चालक र पत्रकारप्रति दिएको अभिव्यक्तिको नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ...
‘आत्महत्या गर्नेलाई हिरो बनाउनु अविवेकी कुरा हो’
१० माघमा बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि त्यस्तै प्रकृतिका दुष्प्रयास भइरहेका छन् । यो घटनाले हाम्रो समाज अप्ठ्यारो अवस्थामा पुगेको स्पष्ट आभास दिन्छ...
उर्मिला अर्याललाई रोजेकै जिम्मेवारी
२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी छन् ।
६६ वर्षीया अर्याल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार...
पोखराको एउटा चल्तीको फिल्म हल, जो बन्यो पार्किङ क्षेत्र
२३ माघ, पोखरा । आधुनिक पोखराको ‘लाइफलाइन’का रुपमा मानिएको पोखराको न्युरोड बनाउन ०३२ सालमा नेपालमै पहिलोपल्ट जग्गा अधिग्रहण सुरु भयो । जग्गाधनीसँग जग्गा...
फिल्म हलसम्म दर्शक तान्न सक्ने कलाकार अनमोल, प्रदीप र पूजा मात्र हुन् : शोभित...
फाइल तस्वीर
काठमाडौं । फिल्म निर्देशक शोभित बस्नेत बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आइरहन्छन् । लाखौं पारिश्रमिक लिने स्टारको फिल्मले पाँच शो पनि हाउसफुल...