पौष्टिक गुणले भरिपूर्ण छोकडा

 

काठमाडौं । ड्राई फ्रुटले शरीर स्वस्थ बनाउनसकासाथै कमजोरी र रोगबाट पनि सुरक्षा प्रदान गर्छ । ड्राई फ्रुट्समध्ये एक हो छोकडा । यो मिठो मात्र नभइ पौष्टिक गुणले भरिपूर्ण हुन्छ । यसमा धेरै प्रकारका पोषकतत्व पाइन्छन् । जसलाई शरीरको लागि हितकारी मानिन्छ ।
समग्र स्वास्थ्यमा लाभ
छोकडाले समग्र स्वास्थ्यलाई लाभ दिन्छ । यसमा एन्टी–इन्फ्लेमेन्टरी गुण हुन्छ । जसले सुन्निएको समस्यालाई कम गर्छ । यो बाहेक यसले धेरै प्रकारका संक्रमणबाट पनि बचाउँछ ।

क्यान्सरको रोकथाम
छोकडाले क्यान्सर रोगबाट बचाउँछ । छोकडामा एन्टीट्युमर र एन्टी क्यान्सर गुण पाइन्छ । जसले क्यान्सरको लक्षणलाई कम गर्न मद्दत गर्छ । साथै छोकडाले पेटमा राम्रो ब्याक्टेरियालाई बढाउँछ । जसकारण आन्द्रा र पेट स्वस्थ रहन्छन् ।

मुटु रोगको जोखिमलाई कम गर्छ
मुटु रोगलाई विश्वभर मृत्युको प्रमुख कारण मानिएको छ । यस्तो अवस्थामा मुटु रोगको जोखिमलाई कम गर्न छोकडाको सेवन लाभकारी मानिन्छ ।

संक्रमण तथा पेटको समस्याबाट बचाउँछ
छोकडाको नियमित सेवनले विभिन्न संक्रमणको जोखिमबाट बचाँउछ । यसकासाथै पेटसँग जोडिएका समस्या पनि यसको नियमित सेवनले हल हुन्छ । यसले आन्द्रालाई सफा राख्ने काम गर्छ । छोकडाले झाडापखाला र अम्लपित्तको समस्यालाई पनि निर्मूल पार्छ ।

एनीमियाको समस्यामा लाभकारी
एनीमिया (रक्त अल्पता) शरीरमा आइरनको कमीले हुन्छ । शरीरमा यसको कमीलाई पूरा गर्न दैनिक छोकडा खान आवश्यक छ । छोकडा आइरनयुक्त हुन्छ । यसले शरीरमा कुनै नकारात्मक असर नगरी शरीरमा आइरनको परिपूर्ति गर्छ ।

उर्जावान छोकडा
छोकडालाई शरीरमा उर्जा भर्ने फलको रुपमा लिइन्छ । यसमा लभगभग ७० प्रतिशत कार्बोहाइड्रेट हुन्छ । छोकडा सजिलैसँग पाचन हुन्छ जसकारण शरीर उर्जावान् हुन मद्दत पुग्छ ।

मांशपेशीलाई बलियो बनाउँछ
मांशपेशीलाई बलियो बनाउनको लागि प्रोटिन चाहिन्छ । धेरैले प्रोटिनका लागि सप्लिमेट्स पनि लिन्छन् । तर छोकडामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले मांशपेशीलाई बलियो बनाउने काम गर्छ ।