राजेश हमालको अगाडि दुबईमा लाग्यो, ‘महानायक जिन्दावाद’ को नारा

गत शुक्रबार नेपाली चलचित्रका महानायकको रुपमा परिचित राजेश हमाल युएईको दुबईमा भएको दिपावली साझ २०२१मा सहभागी भएका छ्न् ।

युएईको दुबाइ स्थित याक एण्ड यति यति (नेपाली क्लब)मा आयोजित तिहार विशेष दिपावली कार्यक्रममा महानायक राजेश हमालको साथमा धर्मपत्नी मधु हमाल ,गायिका रचना रिमाल, गायक किरण भुजेल र गीतकार साहित सिंह ठकुरी सहभागी भएका थिए ।

अमृत इभेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको लागि जब महानायकको रुपमा परिचित हमाल कार्यक्रम स्थलमा लिमोसिन गाडीबाट बाहिर निस्किए, उनको स्वागतको लागि उपस्थित सयौँ दर्शकहरुले महानायक जिन्दावाद, राजेश हमाल जिन्दाबाद भन्दै नारा लगाएका थिए ।

उनको लागि आयोजकले कडा सुरक्षाको प्रबन्ध गरेका थिए । खचाखच दर्शकले भरिएको उक्त कार्यक्रममा गायिका रचना रिमाल र गायक किरण भुजेलले आधा दर्शन भन्दा बढी गितहरुमा युएईका दर्शकहरुलाई नचाएका थिए भने महानायक राजेश हमालले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमलाई युएईका चिरपरिचित कार्यक्रम प्रस्तोता आशिष पुरुस र श्रीया भन्डारीले सन्चालन गरेका थिए ।